FAQs Complain Problems

दक्षिणकाली नगरपालिकाको परिचय

पूर्वमा ललितपुर जिल्ला, पश्चिममा मकवानपुर जिल्ला, उत्तरमा कीर्तिपुर नगरपालिका र दक्षिणमा मकवानपुर जिल्ला रहेको यस दक्षिणकाली नगरपालिकाको घोषणा मिति २०७१ मंसिर १६ गतेको मन्त्री परिषद्को निर्णयानुसार साविक चाल्नाखेल, सेतिदेवी, दक्षिणकाली, टल्कु डुडेचौर र छैमले गरी ६ वटा गा=वि=सलाई समेटेर स्थापना भएको हो । यस नगरपालिकालाई १५ वटा वडा कार्यालयमा विभाजन गरिएको छ । हाल ६ वटा संयुक्त वडा कार्यालय र नगरपालिका कार्यालयबाट सेवा प्रवाह गरिएको छ ।  देशको राजधानी काठमाडौ+ उपत्यका द]खि करिब १८ कि=मीको दुरीमा यस नगरपालिका अवस्थित रहेको छ । प्रसिद्ध दक्षिणकाली मन्दिरको नामबाट यस नगरपालिकाको नामाकरण भएको हो । यो नगरपालिकाको कार्यालय फर्पिङ बजारमा रहेको छ ।